सिरहामा ब्राउन सुगरसहित एक युवक पक्राउ    

काठमाडौँ । लागु औषसहित एक युवक पक्राउ परेका छन् । सिरहामा जिल्लाको औरही गाउँपालिका १ दरैहियाचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई चेकजाँचका क्रममा १७.६९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लागुऔषध र मोटरसाइकल सहित ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।