श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।

४० वर्षीया श्रीमती कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई प्रहरीले पक्राउ गरेको हो ।

तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।