सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधबार १३६५ रुपैयाँमा कारोबार भएको थियो ।