१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

 काठमाडौँ - १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

छानबिनका लागि एक जनालाई नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए । उनले भने– ‘छानबिन पुरा गरेर यथार्थ बाहिर ल्याउँछौँ ।’ मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । घले त्यतिबेला पक्राउ परेका थिए ।