आज साँझसम्म टिकटक बन्द हुने

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेकोले आज साँझसम्म सबैतिर टिकटक बन्द हुनसक्ने छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकलाई पत्राचार गरेको थियो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौँ । आजसम्म सबै ब्लक हुन्छ होला ।’