कोसीमा उद्धव थापाले दिए दलको नेताबाट राजीनामा

विराटनगर - नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् । 

पछिल्लो समय संस्थापनइतर अर्थात् डा। शेखर कोइराला पक्षधरबाट दलको नेता फेर्ने कसरत भइरहेको थियो । थापा कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ थियो ।

थापाले राजीनामा दिनुका पछाडि प्रदेशको मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित लफडा मुख्य कारण हो । उनी आफूले पनि राजीनामा पत्रमा कोसी प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका विकसित घटनाक्रमले नैतिकताका आधारमा संसदीय दलको नेताका रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरेको खुलाएका छन् । दलको नीति, आदर्श र सिद्धान्तप्रति भने प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहने थापाले स्पष्ट पारेका छन् ।