जसपा–नेपालको केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाण्डौँ - जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय समितिको बैठक आज सकिँदैछ ।
ललितपुरको सानागाउँमा २७ साउनबाट सुरु भएको बैठकमा आइतवार प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवं सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्दै केन्द्रीय समिति सदस्यहरूलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्ने तयारी छ ।

देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई आजको बैठकबाट पारित गर्ने कार्यसूचि पनि रहेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन् । सो राजनीतिक प्रस्तावमा प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन् ।

यसका साथै जसपा नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चारमहिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्ताव समेत उल्लेख छ ।