आशिष अबिरलको अर्को नयाँ गित 'ओ हो नी' सार्वजनिक (भिडियोसहित)

काठमाण्डौँ - पछिल्लो समय निकै चर्चामा आएका आशिष अबिरलको अर्को नयाँ गित सार्वजनिक भएको छ । 
आशिष अविरल तथा सुशिला पाठकको आवाजमा 'ओ हो नी' बोलको गित सार्वजनिक भएको हो ।  

गितमा चर्चित मोडल गरिमा शर्मा, शुमिन गुरुङ, प्रतिक गौतम लगायतको अभिनय रहेको छ । शिव हमालको शब्द र संगितमा रहेको गितमा बिकास प्रसाईँले निर्देशन गरेका छन् । आशिष अबिरलको पहिलाका गितहरु पनि निकै चर्चामा छन् । 

सार्वजनिक भएको 'ओ हो नी' गितमा अभिनेता प्रभातले आफ्नो नुत्य क्षमता र अभिनय कला देखाएका छन् । भिडियोमा सौन्दर्यले तानेर उनलाई प्रेत आत्माको प्यारमा परेको देखाईएको छ । गरिमा आत्मा बनेकी छिन् । गित आशिष अविरल युटुव च्यानल मार्फत बजारमा आएको छ भने यो समाचार तयार पार्दासम्म २९ हजारले हेरेका छन् । 

link : https://youtu.be/1bl7djTx_JU