जीबी राईको राहदानी रद्द गर्न अदालतद्वारा अस्वीकार

काठमाण्डौँ - कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु  राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, कास्‍कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्नुपर्ने माग गरेको थियो । राहदानी रद्द गर्नका लागि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अनुमति माग गरेको थियो ।