नीति तथा कार्यक्रम : फलफूलमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने सरकारको घोषणा

काठमाडौँ - सरकारले फलफूलमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ वर्षभित्र फलफूलमा आत्मनिर्भर बन्ने घोषणा गरेका हुन् । 

त्यस्तै पशुपन्छी तथा माछामा २ वर्षभित्र आत्मनिर्भर बन्ने सरकारले घोषणा गरेको हो । धान उत्पादनमा वृद्धि भएको भन्दै चैते धान लगाउन किसानहरूलाई प्रोत्साहन गरिने सरकारले घोषणा गरेको छ ।