नीति तथा कार्यक्रम : शिक्षकहरूलाई मासिक तलब दिने सरकारको घोषणा

काठमाडौँ - सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई मासिक रूपमा तलब दिने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब पाउँदै आएका छन् ।  

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।