जीबी राईको राहदानी रद्व गर्न राहदानी विभागलाई प्रहरीको पत्र

जेठ १, काठमाडौँ । नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्व गर्न राहदानी विभागलाई पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । राईविरूद्व यसअघि नै अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ ।