प्रधानमन्त्री दाहाल र मन्त्रीहरूले नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले आज देखि प्रत्येक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । 

नेकपा माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो ।