विभिन्न क्षेत्रमा योगदान गरेका ९८२ जना राष्ट्रपतिद्वारा विभूषित


काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । 

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो ।