अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन इजरायलमा रहेका नेपालीलाई आग्रह

 काठमाडौँ - इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा इरानले आक्रमण गरिरहेकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको हो ।