विश्व मृगौला दिवस : दुई पटक मृगौला प्रत्यारोपण गरेका ओलीले दिए स्वास्थ्यप्रति सचेत रहन सुझाव

काठमाडौँ । आज विश्व मृगौला  दिवस  । ‘मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।

यस अवसरमा दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मृगौला दिवससँग आफ्नो भावनात्मक अनुभूति जोडिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत दिवसको शुभकानमना दिँदै लेखेका छन्, ‘मृगौला  दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मृगौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मृगौला बिग्रिन सक्छ । जब  मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ।  प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मृगौला  जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मृगौला  जोगाऔँ !!’