सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको भाउ ? 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसदिन चाँदी मूल्य एकै दिन ५० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।