आज विश्व मृगौला दिवस, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । आज विश्व मृगौला दिवस ‘मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मुल नाराको साथ मनाइँदै छ ।  मार्च १४ का दिन यो दिवस मनाइँदै आएको छ ।

विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला  दिवस मनाइन्छ ।

यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मृगौला  दिवस मनाइँदै छ । विभिन्न संस्थाबाट विभिन्न कार्यक्रमसहित हुँदै आएको कार्यक्रम यसपटक भने अङ्ग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रूपमा  कार्यक्रम आयोजना गरेको छ ।