ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक हजार १५ हजार ९५० रुपैयाँ रहेको छ ।

चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।