बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ  

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका अधिकृत गोपाल गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

महिलामाथि बलात्कार गरेको उजुरी परेपछि गजमेर पक्राउ परेका हुन् ।  उच्च अदालत पाटनमै कार्यरत महिलालाई बलात्कार गरेको उजुरी परको थियो ।

परिसरका एसपी नवराज कार्कीका अनुसार माघ २९ मा उनीविरुद्ध बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । यसअघि गजमेर उच्च अदालत पाटनमा कार्यरत थिए । पक्राउ परेका गजमेरमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।