नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि, बैंकिङ, होटल तथा टुरिजममा घट्यो 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। बुधबार १ सय ३२ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ सय ११ कम्पनीको मूल्य घटेको छ ।

उपसमूहहरु मध्ये वित्त उपसमूहमा सर्वाधिक ६ प्रतिशतको बृद्धि आएको छ भने विकास बैंक २, अन्य समूह १ र उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचल फण्ड र निर्जीवन बीमामा सामान्य अंकले बढेका छन् ।

बैंकिङ, होटल तथा टुरिजम, जलविद्युत, लगानी र जीवन बीमा उपसमूह सामान्य घटेका छन् । बुधबार ३ सय २ वटा कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब २५ करोड बढीमा खरीदविक्री भएको छ ।

नेपाल फाइनान्स, बोर्टलर्स नेपाल, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसि एसिया व्यालेन्स फण्ड, दोर्दी जलविद्युत कम्पनी र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ५ प्रतिशतले घटेको छ ।

बुधबार पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १७ करोड रुपैयाँ माथिको शेयर खरिदबिक्री भएको छ ।