मुक्तिनाथ विकास बैंकको एजीएम सम्पन्न, सेयरधनीहरुलाई कति आउँछ लाभांश ? 

काठमाण्डौँ - मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आव २०७९ र ०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । 

उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । सभाबाट आव २०८०र०८१ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पनि पारित भएका छन् ।