आज उच्च पहाडी तथा हिमालीक्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसोको मौसम देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।