ध्रुवे हात्तीले फेरि आतंक मच्चायो

काठमाडौँ - चितवनमा जङ्गली ध्रुवे हात्तीले फेरि आतंक मच्चाएको छ । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्ती पस्न थालेपछि स्थानीय आतंकित भएका हुन् ।

दुई साता यता ध्रुवे हात्ती माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । बस्तीमा पसेर हात्तीले घर गोठ भत्काउने र अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जले जनाएको छ । हात्ती नियन्त्रणका लागि प्राविधिकसहितको दुई वटा टोली परिचालन गरिएको जनाइएको छ ।

हात्ती नियन्त्रण गर्न निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा बाहिर निस्कँदा सर्वसाधारणलाई सावधानी अपनाउन निकुञ्जले आग्रह गरेको छ । ध्रुवे हात्तीले बेलाबेलामा बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिने गरेको छ ।

अहिलेसम्म ध्रुवे हात्तीले २२ जनाभन्दा बढीको ज्यान लिइसकेको जनाइएको छ ।