आँखाको सुरक्षा कसरी गर्ने ?

आँखा संवेदनशील अंग हो । सामान्य कुराले पनि आँखालाई असर पुर्‍याउने भएकाले यसलाई सुरक्षित राख्नुपर्दछ । 

१. हातले आँखा नमिच्ने : आँखामा धुलो किरा पर्दा अथवा चिलाउँदा हातले मिच्न हुँदैन । विभिन्न माध्यमबाट हाम्रो हातमा धुलोका कणहरुको साथै ब्याक्टेरियाहरु आएका हुन्छन् । त्यसैले नरम खालको कपडाले विस्तारै मिच्न सकिन्छ । कपडा उपलब्ध नभएको खण्डमा साबुनपानीले हात धोइसकेपछि हात लगाउन सकिन्छ ।

२. चस्मा लगाउने : सूर्यको किरण र यूभी किरणबाट बच्न चस्मा लगाउन सकिन्छ । चस्माले किरण छेक्ने हुँदा आँखामा कुनै पनि किसिमको हानी पुग्दैन । यति मात्र होइन, चस्माले धुलो र धुवाँबाट पनि बचाउँछ । 

३. चुरोट नपिउने : चुरोटको धुँवाले अप्टिक नर्भलाई असर गर्ने हुँदा दृष्टिमा समस्या देखा पर्दछ । त्यसैले चुरोटको धुवाँबाट टाढा बच्ने अथवा चुरोट पिउने व्यक्तिले यो बानी छाड्नुपर्दछ । यसो गर्दा पनि आँखालाई बचाउन सकिन्छ । 

४. हरिया सागपात खाने : हरिया सागपातले आँखालाई प्रत्यक्ष फाइदा दिने हुँदा हरिया सागपात खानुपर्दछ । हरिया सागपातले हाम्रो आँखाको दृष्टिलाई अझ तेज बनाउँछ । 

५. कम्प्युटरबाट टाढा बस्ने : कम्प्युटर अथवा ल्यापटपको स्क्रिनबाट आउने प्रकाशले आँखालाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा यसबाट बच्न कन्ट्याक लेन्स लगाउनुपर्दछ । चस्मा नलगाउने व्यक्तिले पनि बिना पावरको लेन्स लगाएर आँखालाई बचाउन सकिन्छ ।

६. बेलाबखतमा आँखामा पानी छ्याप्ने : बेलाबखतमा सफा पानीले विस्तारै आँखामा पानी छ्याप्नु पर्दछ । जसले गर्दा आँखामा धुलोका कणहरु, ब्याक्टेरियाहरु रहन पाउँदैनन् ।

७.  निद्रा पुर्‍याउने : जसरी शरीरलाई निद्राको आवश्यक छ, त्यसैगरी आँखालाई पनि निद्रा पुग्नु जरुरी छ । निद्राले सबै अंगलाई ताजगी दिने हुँदा सामान्यतया पनि ६ घण्टा निदाउनु आवश्यक हुन्छ । निद्रा नपुगेको खण्डमा आँखामा अनेक समस्या देखिनसक्छ ।