कांग्रेस बैठक १० दिनका लागि स्थगित

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १० दिनका लागि स्थगित गरिएको छ ।
गत बुधबार सुरु भएको बैठक सोमबारसम्म बसेपछि ७ भदौमा पुनः बस्ने गरी स्थगित भएको हो । महासमिति बैठक र केन्द्रीय समितिमा आएका धारणाहरु प्रतिवेदनमा समावेश गर्नका लागि १० दिन बैठक स्थगित गर्नुपरेको नेताहरुले छन् ।

केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेश गरेका थिए । महासमिति बैठकको सुझाव र बदलिएको राजनीतिक घटनाक्रम अनुसार तीन नेताले प्रतिवेदन संशोधन सहित पेश गरेका थिए ।

पाँच दिन बैठक बसेर ७ भदौसम्मका लागि सारिएको छ । संसद र संसदीय समिति बैठक परेकाले ७ भदौसम्मका लागि पार्टी बैठक स्थगित गरिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।