हैजा संक्रमितको संख्या ५० पुग्यो, ललितपुरमा सबैभन्दा धेरै

काठमाडौँ । पछिल्लो केही समयदेखि निरन्तर रुपमा हैजा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ३८ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

काठमाडौंमा दुई, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) जनाएको  छ ।