मोरङको बेलबारीमा हात्तीको छावा मृत फेला  

काठमाडौँ । मोरङको बेलबारीमा मृत हात्ति फेला परेको छ । मंगलबार बिहान स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मृत फेलापरेको बेलबारी नगरपालिका - ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए।  सब डिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन शुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिए।