सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला !

चितवन - सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला परेको छ । शनिवार खोजी गर्ने क्रममा राप्ती नदी र नारायणी नदी मिसिने गोलाघाटमा यात्रु ऋषिपाल साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।