आजको मौसम : कोशी प्रदेशमा चट्याङसहित बर्षा, अन्य भागमा आंशिकदेखि साधारण बदली

काठमाडौँ - हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भागमा मनसुनको प्रभाव परेको महाशाखाको भनाइ छ । कोशी प्रदेशका केही स्थानमा आज बिहानदेखि चट्याङसहित बर्षा भएको छ ।

बागमती, मधेश र कोशी लगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारण बदली रहेको महाशाखाले जनाएको छ ।

बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।