कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु

काठमाडौँ - कुवेतको माङफास्थित श्रमिकलाई राखिएको ६ तले भवन क्याम्पमा बुधबार बिहान एक्कासि आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना भारतीय श्रमिक रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् भने कुवेत सरकारले मृतक श्रमिकको राष्ट्रियता खुलाइसकेको छैन ।