ताप्लेजुङको सिसेवा खोलामा भिषण बाढीले पुल बगायो, सडक अवरुद्ध !

 काठमाण्डौँ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकको सिसेवा खोलामा आएको बाढीले पुलहरु बगाउनुका साथै सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको छ ।

वर्षासँगै आज बिहान आएको बाढीले पुल बगाएको स्थानीयले जानकारी दिएका छन् । सिसेवाले बगाएर ल्याएको ढुङ्गा, माटो र गेग्रेनले तमोर नदीमा समेत ड्याम बनाएको वडाध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् ।  पाथीभरा मन्दिर छेउबाट बहने खोलामा लेकमा पानीपर्दा पनि बाढी आउने गरेको छ । पानी पर्नेक्रम जारी रहेकाले रोकिएपछि मात्रै यातायात सञ्चालन, विद्यालय नियमितता लगायतका विषयमा छलफल गर्ने वडाध्यक्ष लिम्बू बताउँछन् ।