कांग्रेसमा सत्ता बाँडफाँड : शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिने  

काठमाडौँ - कांग्रेस सभापति शेरबहादुर देउवा शेखर कोइराला समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका छन् ।

आफ्नो समूहलाई तीन मन्त्री नदिए सरकारमा सहभागी नहुने अडानमा रहेको शेखर(गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका हुन् ।

बिहीबार विहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।