बालेनको आक्रोश : 'काठमाडौंको हितमा काम गर्नुस्, होईन भने सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्'

काठमाण्डौँ - काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले देशको संघीय सरकारलाई देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई अन्यत्र सार्न वा राजधानी नै सार्न चुनौती दिएका छन् ।

देशको केन्द्रीय सरकारको केन्द्र काठमाडौं महानगरपालिका भित्र रहेर पनि केन्द्र सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै आएका मेयर बालेनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन् ।

कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।

हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस ।

हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।

— Balen Shah (@ShahBalen) April 13, 2023