दिमाग खराब फिल्म बन्दै, निश्चल बस्नेतले निर्देशन गर्ने

काठमाडौँ - अभिनेता एवं निर्देशक निश्चल बस्नेतले चलचित्र ‘दिमाग खराब’ निर्देशन गर्ने भएका छन् ।

यो चलचित्र तिहारको अवसरमा बि।सं २०८० कात्तिक २४ गते प्रदर्शन हुने निर्देशक वस्नेतले जानकारी दिएका हुन् ।

बिहीबार निर्देशक मनोज पण्डितसँगको एक तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै निर्देशक वस्नेतले चलचित्रको घोषणा गरेका हुन् ।

जनता र शक्तिको कथामा बन्ने यस चलचित्रलाई रौनक विक्रम कँडेलले निर्माण गर्नेछन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने यस चलचित्रको कलाकार भने तय भइसकेका छैनन् । निर्देशक बस्नेतले ‘लुट’ र ‘लुट २’ निर्देशन गरिसकेका छन् ।