राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ - बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:00 बजे बस्नेछ ।