अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत 

काठमाडौँ । अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत भएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० बमोजिम भाइबर नेपालमा सूचीकरण भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई व्यवस्थित रुपमा सञ्चालन गराउन कार्तिक २३ गते निर्देशिका जारी गरेको थियो ।

निर्देशिका अनुसार एक लाख भन्दा बढी प्रयोगकर्ता भएको सामाजिक प्लाटफर्म नेपालमै कार्यालय राखि सञ्चालन भएको हुनु पर्नेछ । सूचीकरण नगरी सञ्चालन भएका सामाजिक सञ्जाल जुनसुकै बेला पनि बन्द हुनसक्ने उल्लेख गरिएको छ ।