आठ महिने बालकको हत्या आरोपमा ५० वर्षिय पुरुष पञ्चबिर पक्राउ

काठमाडौँ । दमकमा ८ महिने बालकको हत्या आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका(३ बेलडाँगी भुटानी शिविर सेक्टर बि ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चबिर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

घिसिङको घरमा आश्रय लिएर बस्दै आएकी २५ वर्षिय महिलाको छोरा ८ महिनाको एरित ओलीलाई उनले पछारेर बेहोस पारेका थिए । बेहोस भएका बालकलाई दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।