‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा

काठमाडौँ - जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निर्णय गरेको हो। सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको यो पहिलो पटक हो । पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्बजनिक बिदा दिइएको हो ।

‘बिसं २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद् दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निर्णय भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्बजिनक बिदा दिन निर्णय गरिसकेका थिए। सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हप्ता दिनमा नै संघीय सरकारले पनि आज सार्बजनिक बिदा दिने निर्णय लिएको हो । संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।