‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधी विनोद राईलाई

 काठमाडौँ । चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् ।

उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने ।

त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बु थर्ड रनरअप बने। उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो ।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ। फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज तथा फाइनालिस्टले समेत प्रस्तुति दिएका थिए ।