महालक्ष्मी विकास बैंकका सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने

काठमाडौँ - महालक्ष्मी विकास बैंकका सेयरधनीले ६.४० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।  बैंकको बाइसौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । 

बैंकका सञ्चालक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौरमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९र८० को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आव २०७९र८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।

यसैगरी वार्षिक संचालक समितिको प्रस्तावअनुसार सभाले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश लाभांशमा लाग्ने करसहित वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदाररलगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ ।