राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा मल्ल निर्विरोध, पहिलो पटक नेतृत्वमा महिला

काठमाडौँ - रष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् । महासंघको ३१ औं वार्षिक साधारणसभाबाट मल्ल नेतृत्वको जिम्मेवारीमा आएकी हुन् । 

शुक्रबार साधारणसभामा मनोनयन दर्ताको समययावधिमा अध्यक्ष पदमा मल्लको मात्रै उम्मेदवारी परेको थियो । सहकारी महासंघले ३० वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको हो । मल्ल महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षहुँदै अध्यक्ष भएकी हुन् ।

लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील मल्ल नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुन्। उनी अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक पनि हुन् ।    

महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध भएका छन् । राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष पोखरेल महासंघको सञ्चालक, उपाध्यक्षहुँदै वरिष्ठ उपाध्यक्षभएका हुन् ।