यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

 काठमाडौँ - यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।
गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो । यसअघि हरेक वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा देउसी भैलो कार्यक्रम हुने गरेको थियो ।