एउटै पासोमा श्रीमान-श्रीमती मृत फेला

काठमाडौँ । कञ्चनपुरमा श्रीमान श्रीमती एकै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

मृत फेला पर्नेमा २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना रहेका छन् । उनीहरू कपडाको पासो लगाएर आत्महत्या गरेका हुन् । राना दम्पतिका तीन वर्षीय एक छोरा छन् । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।