धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प

धादिङमा भूकम्प गएको छ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक  ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो ।