आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ  ? 

 काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एकहजारले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सत सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।