मकवानपुरमा १५० किलो गाँजासहित ४ जना पक्राउ

 मकवानपुर - मकवानपुर प्रहरीले १५० किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

गएराति जिल्लाको मनहरी गाउँपालिका ७ रमौली स्थित खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार गाँजासहित पक्राउ पर्नेहरुमा मकवानपुरकै कैलाश गाउँपालिका ७ बस्ने ३० वर्षीय रामशरण चेपाङ, सोही ठाउँका १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमान सिं चेपाङ र कृष्णबहादुर प्रजा रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।