प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रीहरुको बैठक, यस्तो छ एजेन्डा !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएका छन्।  दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन्।

अधिकांश मन्त्रीहरु काममा भन्दा बढी विवादमा पर्दै आएपछि मन्त्रीहरुले गरेको प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए।

ओलीले आज साँझ मन्त्रिपरिदको बैठक पनि बोलाएका छन्। आजको बैठकमा सरकारले केही महत्वपुर्ण निर्णयहरु गर्न सक्ने जनाइएको छ।

प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बनेको २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरुको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको छ।

जनचाहना अनुसार काम गर्ने भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको आज ५७ दिन पुगिसकेको छ।