झापामा ‘मेड इन इटाली’ लेखेको पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । झापामा  पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ८ का ३६ वर्षिय सञ्जीव गजमेर रहेको प्रहरीले जनाएको छ ।

‘मेड इन इटाली’ लेखिएको पेस्तोल एकथान र म्याग्जिन दुईथानसहित उनलाई दमक नगरपालिका–५, बानेश्वर हाइटस्थित सडकबाट सोमबार बिहान  पक्राउ गरिएको हो ।

को३८प ५६४९ नम्बरको स्कुटरमा सवार उनलाई चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।