पुनः काठमाडौँ-कुवेत उडान गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौँ–कुवेतमा पुनः उडान गर्ने भएको छ।

कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो।
एयरलाइन्सले सुरूमा काठमाडौँ–कुवेत  सातामा एक उडान गर्नेछ। माग आएमा उडान थप्ने कम्पनीको योजना छ।

यो उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ।